महिला यू- १९ एसिया कप

नेपाल ९ विकेटले पराजित, बंगलादेश फाइनलमा

काठमाडौं । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएकाे छ ।

सुपर चारको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको हो । नेपालले बङ्गलादेशलाई ५५ रनको मध्यम लक्ष्य दिएको थियाे । वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो ।

नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेटकाे क्षतिमा ९।५ ओभरमा लक्ष्य भेटेको हो । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।