प्रथम उपराष्ट्रपतिको हातबाट सामाजिक अभियन्ता हिमालय सम्मानित

काठमाडाैं, ६ पुस । न्युजलाईन्स मिडियाकाे ९ औं वार्षिकोत्सवकाे अवसरमा सिन्धुपाल्चाेकका सामाजिक अभियन्ता राजेश हिमालय सम्मानित भएका छन् ।

शुक्रबार डाडाँ गाउँ स्थित ग्रिन भ्याली रिसोर्टमा न्युजलाईन्स मिडियाले ९ औ वार्षिकोत्सव पारेर सामाजिक अभियन्ता हिमालय प्रथम उपराष्ट्रपति परमानन्द झाको हातबाट सम्मानित भएका हुन् ।

हिमालय राष्ट्रिय पर्यटनसेवी सम्मान २०८१ बाट सम्मानित भएका हुन् भने न्युजलाईन्सले वार्षिकोत्सवकाे अवसरमा हिमालय टाइम्स दैनिकका बजार व्यवस्थापन प्रमुख रविन्द्र बाराहीलगाएत संचारकर्मी, पर्यटन व्यवसायी, नृत्यकला निर्देशक, समाजसेवीलगाएत विभिन्न क्षेत्रमा सेवा गरेकाहरुलाई सम्मान गरेको थियो ।

न्युज लाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजकत्व र मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।