भक्तपुर हत्या घटना: बुबा र भाइकाे हत्या मिलनले नै गरेकाे स्वीकार
काठमाडौं, ९ पुस । भक्तपुरकाे बालकोटमा बुबा र छाेराकाे हत्या आराेपमा मृतकका जेठा छाेरा मिलन आचार्यले पक्राउ परेका छन् ।
मिलनले बालकोटमा बुबा र भाइको हत्या आफैले गरेकाे स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ ।
भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो ।
उनी मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पन गर्दै आफूले बालकोटमा बुबा र भाइलाई मारेको बयान दिएकाे प्रहरीले जनाएकाे छ ।
