बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
बर्दिया, २८ पुस । बाघको आक्रमणमा परी बर्दियामा एक महिलाको मृत्यु भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा परी मृत्यु भएको हो ।
ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उहाँ बाघको आक्रमणमा पर्नुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।