थुनछेक बहस नसकिएपछि रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

काठमाडौं, २८ पुस । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाएको छ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका सभापति लामिछानेलाई अदालतले प्रहरीको जिम्मा लगाएको हाे ।
बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको थियो । त्यसैवीच रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।
आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन लागिएको अदालत स्रोतले बताएकाे छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगको मुद्दामा कास्की अदालतको आदेश बमोजिम रवि लामिछाने ६५ लाख धरौटी बुझाएर विहीबार रिहा भएका थिए ।