दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ

काठमाडौं, २ माघ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक युल पक्राउ परेका छन् ।

युललाई पक्राउ गर्न पुगेको सुरक्षाकर्मी र उनका समर्थकबीच केही समय धकेलाधकेल समेत भएको थियो । यसैबीच उनी आज पक्राउ परेका हुन् ।

राष्ट्रपति पदमै रहेका बेला पक्राउ पर्ने युन पहिलो व्यक्ति हुन् । यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो ।

उनले डिसेम्बर ३ मा मार्सल ल लगाउन खोजेका थिए । जसलाई संसदले विफल बनाइदियो । उनलाई जनवरी ३ मा पनि पक्राउ गर्न घण्टौँ प्रयास भएको थियो । उनीमाथि लागेको महाअभियोगको अहिले छानबिन जारी रहेको छ । कानूनी कारबाही प्रक्रिया हिजोबाट सुरु भएको बीबीसीले जनाएको छ ।

मार्सल ल घोषणा गरेपछि उनको चर्को आलोचना भएको थियो । उनीविरुद्ध महाअभियोग प्रस्ताव पनि संसदले पारित गरेको थियो ।