सिंहदरबारमा विपक्षी ६ दलको बैठक

काठमाडौं, २ माघ । सिंहदरबारमा सरकारविरुद्ध रणनीति बनाउन विपक्षी दलका नेताहरूको बैठक बसेकाे छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेकाे हो । बैठक बिहान ९ बजेबाट सुरु भएको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *