एक सय ९५ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ, ६ माघ । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट प्रहरीले एक सय ९५ किलो अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा प्र ०३–००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा ‘अनलोड’ गरी परालको थुप्रोमा लुकाइछिपाइ लानेक्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार बुलेटिनमा जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *