काठमाडौंको चाबहिलमा एक युवकको हत्या

काठमाडौं, २८ माघ । काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ।
चाबहिलको कुमारीगालमा सोमबार बिहान दुई समूहबीच झडप हुँदा एक जनाको हत्या भएको प्रहरी स्रोतले जनाएकाे छ।
झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन्। यद्यपि पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाइएको छैन।