त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी महिला पक्राउ

काठमाडौं, ४ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा विदेशी मुद्रा लैजान लागेको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेकी छन्।

शनिबार दिउँसो मलेसिया जान लागेकी ४६ वर्षीया नि यानलाई प्रहरीले पक्राउ गरेको हो।

उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, १९ थान मोबाइल, २८ थान सिम कार्ड र १२२ थान मेमोरी कार्ड बरामद गरिएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।