मछिन्द्र उपाधि ह्याट्रिक नजिक

काठमाडौँ, १७ फागुन । विदेशी खेलाडी स्टेफन जालीले दुई गोल गरेपछि मछिन्द्र फुटबल क्लब शनिबार आयोजक केपी ओली फुटबल टिमलाई सजिलै ४–० ले हराएर केपी ओली कप फुटबल प्रतियोगताको फाइनलमा पुगेको छ ।
मछिन्द्र क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मी क्लबलाई फाइनलमा हराएमा मछिन्द्रले लगातार तेस्रो पटक केपी ओली कप जित्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भएको खेलमा मछिन्द्रका लागि मनिष डाँगी र रोशन राना मगरले पयन गोल गरे । खेलको ३९ औँ मिनेटमा सनिस श्रेष्ठले क्रस बलमा मनिषले गोल गरे । उत्तर्रार्धको पाँचौँ मिनेटमा रोशनले रिबाउन्डमा गोल गरी अग्रता दोब्बर बनाए ।
मछिन्द्रका स्टेफनले अन्तिम समयमा लगातार दुई गोल गरी गरे । खेलको ८५ औँ मिनेटमा डिफेन्डर खेमराजले बल ड्रिब्लिङ गरी डिबकसमा लगेका युसूफलाई लडाएपछि मछिन्द्रले पेनाल्टी पायो । सो अवसरलाई स्टेफनले सदुपयोग गर्नुभयो । खेलको ९० औँ मिनेटमास्टेफनले डिबक्समा आयोजक टिमका तीन खेललाई छकाउँदै गोल गरे । आयुष घलानको पसामा स्टेफनले गोल गरेका हुन् । रोशन खेलपछ म्यान अफ दि म्याच घोषित हुनुभयो ।