सल्यान सहायक प्रशिक्षक
काठमाडौँ, २० फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मङ्गलबार सिङ्गापुरसँगको अन्तर्राष्ट्रिय मैत्र खेल र मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटका लागि सहायक प्रशिक्षकमा सल्यान खड्गीलाई नियुक्त गरेकोछ । सल्यानले प्रमुख प्रशिक्षक म्याट रसको सहयोगीको रुपमा काम गर्नेछन् । एन्फाले गोलकिपर प्रशिक्षकमा विनोद महर्जनलाई नियुक्त गर्यो । यसैगरी एन्फाले सहयोगी स्टाफ पनि चयन गरेको छ । नकुल हमाल ठकुरी र रमेशकुमार कार्की टिम मेनजेर नियुक्त भए । टिमको फिजियोथेरापिस्टमा निसान्त जोशी रहनेछन् । एन्फाका महासचिव किरण राईले प्रशिक्षक र सपोर्ट स्टाफहरुलाई नियुक्ती पत्र प्रदान गरेका छन् ।