खाना पकाउने ग्यासको मूल्य बढ्यो, व्यवसायीसँग ५ बुँदे सहमति

काठमाडौं, २० फागुन । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकमा उक्त निर्णय भएको हो।

नेपाल आयल निगम सञ्चालक समितिको दुई दिनअघिको बैठकले गरेको भाडा समायोजन सम्बन्धी निर्णय जानकारी गराइएको थियो।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको हाे।

सहमति अनुसार फागुन १८ गते वाह्य र आन्तरिक ढुवानी भाडा समायोजन गरिएको छ। मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज बनाउने र निगमले उपसमिति बनाएर अध्ययन गरी अघि बढाइने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *