पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो, विश्वको पाँचौँ प्रदूषित सहरमा काठमाडौँ

काठमाडौँ, २५ फागुन । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश डम्म बादलले ढाकेको छ भने वायु प्रदूषण पनि बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन नसकेको हो।

मौसमविद् विनु महर्जनका अनुसार मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन। अझै तीन दिन यस्तै हुने देखिएको उनले बताइन्।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ। आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ।

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई रहेको छ भने दोस्रोमा चीनको बेइजिङ, तेस्रोमा बङ्गलादेशको ढाका र चौथो स्थानमा भारतको नयाँदिल्ली रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *