नाबालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
ताप्लेजुङ २७ फागुन । १५ वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा ताप्लेजुङबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते बलात्कार गरेको उजुरी परेको थियो ।
प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।