१० वर्षीया बालिका बलात्कारकाे आराेपमा सशस्त्रका सई पक्राउ
महोत्तरी, १ चैत्र । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंह पक्राउ परेका छन् ।
वडा नम्बर ४ पिपराढीस्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत सिंहले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले प्रदर्शन गर्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका हुन् ।
स्थानीयहरूले कारबाहीको मागसहित पोस्ट घेराउ गरेर नाराबाजीपछि विवादले उग्ररुप लिँदै गएपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ ।
