धनुषामा होलीको विषयमा विवाद हुँदा युवकको हत्या

धनुषा,३ चैत । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२३, विन्धिमा होली खेल्ने विषयमा भएको विवादले एक युवकको ज्यान गएको छ।

स्थानीय १८ वर्षीय आशु यादवको सोही ठाउँका धर्मेन्द्र महतोले चक्कु प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार होली खेल्ने क्रममा विवाद हुँदा महतोले यादवको छाती, पेट र ढाडमा चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएका यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रहरीले आक्रमणमा प्रयोग भएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *