केरुङ लगिँदै थियो स्रोत नखुलेको करोडौं रकम डिब्बामा हालेर

काठमाडौं, ५ चैत्र । प्रहरीले काठमाडाैं टोखाबाट बरामद गरिएकाे स्रोत नखुलेको करोडौं रकम कन्टेनरमा हालेर चीनको केरुङतर्फ लगिँदै गरेको पत्ता लागेकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई प्रहरीले अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो।

नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

‘रकम गन्ने काम हुँदैछ, अनुमानित रकममात्रै सार्वजनिक गरिएको हो’, उनले बताए। यसबारे जानकारी दिन अपराह्न १ः३० मा पत्रकार सम्मेलनको आयोजना गरिएको उनले बताए।