चैत २४ गते रामनवमीका दिन सरकारले दियाे सार्वजनिक बिदा

काठमाडौं, ६ चैत्र । सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राम नवमीको अवसरमा चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *