इलाममा किशोरीको शव गाडिएको अवस्थामा भेटियो, श्रीमान् पक्राउ

इलाम, १५ चैत । इलामको फाकफोकथुम गाउँपालिकामा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ।

फाकफोकथुम गाउँपालिका-३ सल्लेरी निवासी १९ वर्षीया विमला कट्टेल हराएको १५ दिनपछि मृत अवस्थामा किशोरीको शव गाडिएको अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार कट्टेलको शव गाउँपालिकाको गोलाइ भन्ने ठाउँमा फेला परेको हो। प्रहरी नायब उपरीक्षक मानबहादुर राईले शव उत्खनन भइरहेको र थप अनुसन्धान जारी रहेको जानकारी दिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले विमलाका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ।
कट्टेल चैत १ गतेदेखि हराएकी थिइन्। देउमाई नगरपालिका जितपुर माइत भएकी उनी हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *