राजावादी कार्यकर्ताले आगजनी र तोडफोड गरेपछि तीन ठाउँमा कर्फ्यु आदेश जारी
काठमाडौं, १५ चैत्र । राजावादी आन्दाेलनकारीहरूले काठमाडौंमा विभिन्नस्थानमा आगजनी र तोडफोड गर्न थालेपछि कफर्यु आदेश जारी गरिएको छ ।
काठमाडौंका तीन स्थानमा कफ्यू लगाइएको हो । कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुरक्षाकर्मीले कर्फ्युका लागि माइकिङ गरिरहेका छन् । अर्काे आदेश नहुँदासम्म कर्फ्यू जारी रहनेछ ।
नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।