सर्वोच्च अदालतद्वारा कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ, २१ चैत । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि पुनःबहालीको माग गर्दै दायर भएको रिटमा कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अदालतले उक्त विवादमा उठाएको विषयवस्तुको गाम्भीर्यतालाई ध्यानमा राखेर प्राथमिकताका साथ सुनुवाइका लागि अग्राधिकार समेत दिएको छ ।

अदालतमा तीनदिनको निरन्तर सुनुवाइपछि आज अन्तरिम आदेश दिन अस्वीकार गर्दै पूर्ण सुनुवाइ गर्ने भएको हो ।