उपप्रमुख डंगाेलकाे पहलपछि गुरागाईं आएसंगै पाए काठमाडौं महानगरका कर्मचारी र जनप्रतिनिधिले तलब

काठमाडौं, २५ चैत । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि रोकिएको तलब महानगरपालिकाका उपप्रमुख सुनिता डंगाेलकाे पहलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएकाे केहीदिमै पाएका हुन् ।

पछिल्लो तीन महिनासम्म राेकिएकाे तलव सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।

उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । स्थिती तनावग्रस्त बनेपछि काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगाेलले पहलकदमी लिएपछि स्थिती सामान्य बनेकाे थियाे ।

बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब निकासाका लागि तोक लगाइदिएका थिए ।