बार्सिलोनाको फराकिलो जित

बर्सिलोना, चैत २८ गते । राफिन्हा र रोवर्ट लेवान्डोस्कीले पुनः गोल गरेपछि च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलेनाले बिहिबार जर्मनाको बोरुसिया डर्टमन्डलाई ४–० ले हराएको छ ।

लेवान्डोस्कीले दुई गोल गरे । एक गोल गरेको ब्राजिलियाली राफिन्हाको दुई गोलमा एसिस्ट रहेको थियो । चालू च्याम्पियन्स लिगमा राफिन्हा १२ गोलसहित सबभन्दा अगाडीरहको छन् । लेवान्डोस्कीको यस सत्रमा च्याम्यिन्स लिग गोलसङ्या ११ पुगेको छ । पोल्यान्डका स्ट्राइकर लेवानडोस्की स्पेनी लिगमा २५ गोलसहित सबभन्दा अगाडि छन् ।

१७ वर्षीय लामिने यमालले पनि एक गोल गरे । यस जितपछि बार्सिलोनाको सन् २०१९ पछि च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब गत वर्ष रियल म्याड्रिडसँग फाइनलमा हारेको बोरुसिया डर्टमन्डलाई अगाडि बढ्न घरेल मैदानमा हुने रिर्टन खेल चारभन्दा बढी गोलले खेल जित्नुपर्ने भएको छ । एजेन्सी