पाँचखालकाे इँटा भट्टा बन्द गर्न सर्वोच्च अदालतकाे आदेश

काभ्रेपलाञ्चोक, ३ वैशाख । सर्वाेच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू पूर्णरूपमा बन्द गर्न आदेश दिएको छ ।

अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टाहरू पूर्णरूपमा बन्द गर्न आदेश दिएको हो ।

स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वाेच्चमा रिट दायर गरेका थिए ।

हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।