दुर्गा प्रसाईं, रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाैं, १० वैशाख । चैत १५ गते काठमाडौंको तीनकुने भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका २४ जनालाई अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

राज्यविरूद्धको कसुरमा पक्राउ परेका उनीहरूलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले बुधबार अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

काठमाडौंको तीनकुने भएको हिंसात्मक प्रदर्शनमा दुर्गा प्रसाईं, रवीन्द्र मिश्रसहित २४ जनामाथि प्रहरीले राज्य विरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।

पुष्कर खतिवडा, गोपाल मल्ल, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाई, विष्णु चौलागाईं, मनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, दीपक खड्का लगायतलाई हिरासतमा राख्न म्याद थप भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *