एमालेको ‘युथ सेलिब्रेसन’ तस्बिरहरू

काठमाडौं, ११ वैशाख । नेकपा एमालेले काठमाडाैंकाे भृकुटीमण्डपमा युवा सेलिब्रेसन आयोजना गरेको छ ।

लोकतन्त्र दिवसको दिन पारेर आयाेजना गरिएकाे युवा सेलिब्रेसनमा स्वदेशमै रोजगारी र समृद्धिका लागि युवाहरूका लागि अवसर छ भन्ने सन्देश दिनका लागि यने कार्यक्रम आयोजना गरिएको एमालेनिकट युवा संघ नेपालले जनाएकाे छ ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौंमा भेला भएका छन् । कार्यक्रममा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ ।

कार्यक्रममा ४० सम्म उमेरसम्मका वक्ताहरूमा सांसद सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पीएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारीलगायत छन् ।

तस्बिरहरू महासचिव शंकर पाेखरेलकाे वालबाट….