शिक्षकहरूकाे आन्दाेलनले निषेधित क्षेत्र तोड्न खोजेपछि पानीको फोहरा

काठमाडौं, १४ वैशाख । शिक्षकहरूकाे आन्दाेलनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेकाे छ ।

शिक्षकहरू माइतीघरबाट जम्मा भएर बानेश्वर पगेपछि संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हानेको हाे ।

शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा पनि गरेका थिए । शिक्षकहरूले विभिन्न माग राख्दै २६औं दिनदेखि आन्दोलन गर्दै आइरहेका छन् ।