रेशम चौधरी पक्राउ गर्न जारी पत्र आधिकारिक नभएको सर्वोच्चको भनाइ

काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नका लागि जारी भएको पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ।

अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, आन्तरिक छानबिनपछि उक्त पत्र कार्यान्वयन नगर्न निर्देशन दिँदै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको छ।

‘मुद्दा विचाराधीन भएकै अवस्थामा पत्र जारी भएको पाइयो,’ प्रवक्ता कुइँकेलले भन्नुभयो, ‘त्यसैले त्यो पत्र कार्यान्वयन नगर्नू भनी अर्को पत्र पठाइएको हो।’

उहाँले के-कसरी र कुन प्रक्रियाबाट उक्त पत्र जारी हुन पुग्यो भन्ने विषयमा सर्वोच्च अदालतले आन्तरिक अध्ययन तथा छानबिन सुरु गरिसकेको पनि जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *