भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इस्लामावाद, पन्जाब र जम्मूलगायत विभिन्न स्थानमा विद्यालय बन्द
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावको अवस्था आएपछि विभिन्न क्षेत्रमा विद्यालय बन्द भएका छन् ।
भारतको आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद र पन्जाब प्रान्तमा विद्यालय बन्द गरेको हो ।
यस्तै कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् । कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएका छन् ।