सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा : सीमामा थप कडाइ गरिने
काठमाडौं, २४ वैशाख । राष्ट्रिय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ ।
गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले भारत पकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्न र सुरक्षा रणनीति बनाउनका लागि बैठक बसेकाे हाे ।
बैठकले तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिले गरेको छ ।
बैठक स्रोतका अनुसार, सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नका लागि आवश्यक सर्कुलर भइसकेको छ ।