आज संघीय संसदका दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं, २५ वैशाख । संघीय संसद अन्तर्गत आज (बिहीबार) दुईवटा महत्वपूर्ण संसदीय समितिको बैठक बस्दैछ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ६७ औँ बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकको मुख्य कार्यसूची “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्नु रहेको छ।

यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बिहान ११ बजे बस्दैछ। यस बैठकमा विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गरिनेछ। छलफल हुने आयोजनाहरूमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *