सन्दीप लामिछानेद्वारा क्यानको ग्रेडिङ अस्वीकार
काठमाडौँ, वैशाख ३१ गते । नेपाली राष्ट्रिय क्रिकेट टिमका ले स्पिनर नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने भएका छन् ।
सन्दीपले सामाजिक संजाल फेसबुकमार्फत सो जानकारी दिएका हुन् । उहाँले लेखेका छन्– मेरो देश र क्रिकेटबाट टाढिन होइन, व्यक्तिगत र व्यवसायिकरुपमा अगाडि बढ्न यो निर्णय गरेको हुँ । उहाँले कयानलाई आफ्नो यात्रामा निरन्तर साथका लागि धन्यवाद दिँदै क्यानले नेपाल क्रिकेटका साथै आफ्नो क्रिकेट जीवनमा पनि ठूलो भूमिका खेलेको बताए । सन्दीपले क्रिकेटलाई लिएर आफ्नो लगाव र देशसँगको वफादिरिता कायम रहनेछ, भने । गत फागुनमा क्यानले सार्वजनिक गरेको ग्रेडमा सन्दीप ग्रेड एमा रहेका थिए ।
सन्दीप आइससी डिभिजन लिग २ खेल्न नेपाली क्रिकेट टिमसँग बुधबारै स्कटल्यान्ड प्रस्थान गर्दैछ ।