काठमाडौँ बागबजारकाे एक गेष्ट हाउसमा महिलाकाे हत्या, फरार पन्त पक्राउ

काठमाडौँ, ३१ वैशाख । गत चैत २९ गते काठमाडौँ महानगरपालिका–२८ स्थित एक गेष्ट हाउसमा मृत फेला परेकी तामाङको हत्या गरी फरार भएका पन्त भारतबाट काठमाडौँ फर्कंदै गर्दा पक्राउ परेका छन् ।

नुवाकोटको सूर्यगढी नगरपालिका–१ की २८ वर्षीया विमला तामाङको हत्या गरी फरार भएका धादिङका गल्छी गाउँपालिकाका ४० वर्षीय रामचन्द्र पन्त काठमाडौँको नागढुङ्गाबाट पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मङ्गलबार पक्राउ परेका हत्या आरोपी पन्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो । प्रहरीले निजमाथि थप अनुसन्धान गरिरहेको छ ।