विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक साढे २ बजेका लागि सर्याे

काठमाडौं, १३ जेठ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक दिउँसो साढे २ बजेसम्मका लागि स्थगित भएको छ ।

यसअघि आधा घण्टाका लागि रोकिएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि पुनः समय सारिएको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध पारेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन आयोगको माग गर्दै राजीनामा नआएसम्म सदन चल्न नदिने अडान लिएको छ ।