बुटवलमा एक युवाले गरे पूर्वपत्नी र दुई छोरीको विभत्स हत्या

रुपन्देही, १४ जेठ । बुटवल उपमहानगरपालिका-१०, कालिकानगरस्थित होराइजन चोक नजिकै मिलिजुली पथमा एक व्यक्तिले आफ्नी पूर्वपत्नी र उनका दुई छोरीको विभत्स हत्या गरेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, ३५ वर्षीय सुजन कोइरालाले ३० वर्षीया पूर्वपत्नी दीपा बस्याल ढकाल तथा उनका दुई छोरीहरू, ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमान ढकालको हत्या गरेका हुन्।

दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेपछि पाल्पाका शंकर ढकालसँग विवाह गरेकी थिइन्। मृतक बालिकाहरू शंकर र दीपाका सन्तान हुन् ।

प्रहरीका अनुसार, कोइरालाले दीपालाई मंगलबार भेट्न आफ्नो घर बोलाएर बुधबार बिहान चक्कु र घनले आक्रमण गरी तीनै जनाको हत्या गरेका थिए। प्रारम्भिक अनुसन्धानले यही देखाएको प्रहरीकाे भनाइ छ ।

मृतक दीपा पाल्पास्थित एक स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी थिइन्। हत्या आरोपमा कोइरालालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। उनी यसअघि आफ्नै दाजुको हत्या अभियोगमा जेल सजाय भोगी संविधान दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *