सरकारले प्रत्येक प्रदेशमा जलन उपचार विभाग स्थापना गरिने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा जलन (आगोले पोलेको) उपचारका लागि विशेष विभाग सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।
यसका साथै, काठमाडौंस्थित वीर अस्पतालमा पनि जलन उपचार सेवालाई थप विस्तार गरिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त घोषणा गर्नुभएको हो । यो कदमले जलनबाट पीडित नागरिकहरूलाई सहज र गुणस्तरीय उपचार पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।