कर्मचारीको तलब वृद्धि भएन, साउन १ देखि मासिक ५ हजार महँगी भत्ता
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारी कर्मचारीहरूको तलब भने वृद्धि गरेको छैन । यद्यपि, कर्मचारीहरूले पाउँदै आएको महँगी भत्तामा भने वृद्धि गर्दै मासिक ५ हजार रुपैयाँ पुर्याइएको छ ।
यो घोषणा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा गर्नुभएको हो ।
बजेट वक्तव्यअनुसार, कर्मचारीहरूले यो बढेको महँगी भत्ता आगामी साउन १ गतेदेखि प्राप्त गर्नेछन् । यसअघि कर्मचारीहरूले खाइपाइ आएको महँगी भत्तामा वृद्धि गरी एकमुष्ट ५ हजार रुपैयाँ पुर्याइएको हो । बजेटमा कर्मचारीको आधारभूत तलब भने यथावत् राखिएको छ ।