नेपाल प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा

काठमाडौं, १६ जेठ । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरू नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै उनीहरूको बढुवा तथा पदस्थापन गरिएको औपचारिक जानकारी गराएको हो ।

बढुवा पाउने एसएसपीहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा नवनियुक्त डीआईजीहरूको पदस्थापनबारे पनि उल्लेख गरिएको छ, यद्यपि विस्तृत पदस्थापन विवरण भने सूचनामा खुलाइएको छैन ।