पिएसजी पहिलो पटक च्याम्पियन्स लिग च्याम्पियन

म्युनिख, १८ जेठ । पेरिस सेन्ट जर्मन (पिएसजी)ले आइतबार इन्टर मिलानलाई ५–० ले हराएर च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएका छ । पिएसजीले पहिलो पटक च्याम्पियन लिग जितेको हो ।

पिएसजीको सहज जितमा डिजाइर डोइले दुई तथा असरफ हकिमी, ख्विचा क्वारात्खेलिया र सेने मायुलुले एक–एक गोल गरे । खेलको १२ औँ मिनेटमा हकिमीले गोल गरेपछि पिएसजीले चाँडै गोल निकाल्न सफल भएको थियो । हकिमी इन्टर मिलानकै पूर्व खेलाडी हुन् । डोइले आठ मिनेटपछि र ६३ औँ मिनेटमा गोल गरेर पिएसजीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निकाले । त्यसपछि क्वारात्खेलिया र स्थानापनन्न खेलाडी मायुलुले पनि गोल गरेपछि पिएसजीले फराकिलो अन्तरले जित प्राप्त गर्यो ।

पिएसजीले उपाधि जित्ने क्रममा प्रिक्वाटरफाइनलमा लिभरपुल, क्वाटरफाइनलमा एस्टन भिल्ला र सेमिफाइनलमा आर्सनललाई हराएको थियो । यसअघि सन् २०२० मा पिएसजीले च्याम्पियन लिगको फाइनलमा पुगेको थियो तर सो समय बार्यन म्युनिखले १–० को जितसहित पिएसजीको च्याम्पियन बन्ने सपना चकनाचुर पारेको थियो ।

फ्रेञ्चलिग वन विजेता पिएसजीले वगतमा च्याम्पियन्स लिग जित्नकै लागि लियोनेल मेसी, नेमार र किलियन एमबापेजस्ता खेलाडीलाई महँगो रकममा टिममा आवद्ध गरेको थियो । तर यी सुपरस्टार फुटलबरहरुले पनि पिएसजीलाई च्याम्पियन बनाउन सकेका थिएनन् । कतारी धनाढ्यहरुले टिमलाई किनेपछि नै पिएसजीले च्याम्पियन्स लिग जित्ने आशामा खेलाडीमा थुप्रै रकम खर्च गरेको थियो । तर प्रशिक्षक लुइस इनरिसकेले यी सुपरस्टार खेलाडीहरुलार्य विदा दिएर वास्तविक टिम निर्माण गर्नेतर्फ लाग्नुभयो । जसको फल पिएसजीले पाएको छ ।

एजेन्सी

त्स्बिर साभार ः एपी