ललितपुरको ठैवमा विद्युत्को पोलले लागेर एक जनाको मृत्यु, स्थानीय आक्रोशित

ललितपुर, २१ जेठ । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ ।

आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो ।

उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएरपछि प्रहरीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । प्रहरीले मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *