एकीकृत समाजवादीका अध्यक्ष नेपालको सांसद पद निलम्बन

काठमाडौँ, २२ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।

अख्तियारले बिहीबार विशेष अदालतमा नेपालसहित अन्य प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेपछि प्रचलित कानुनबमोजिम उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएर सांसद पद निलम्बनमा पर्ने नेपाल पहिलो पूर्वप्रधानमन्त्री हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *