प्रहरीले चलायो टोखामा गोली, लागुऔषध कारोबारी दुई घाइते

काठमाडौं, २७ जेठ । काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ, गाेली लागेर दुई जना घाइते भएका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार दिउँसो उक्त कारबाही गरेको हो।
ब्यूरोका प्रमुख, एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार, ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एउटा समूह सक्रिय रहेको विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले उनीहरूलाई पछ्याएको थियो।

कारोबारीहरूले प्रहरीको नियन्त्रण प्रयासलाई अस्वीकार गर्दै भाग्न खोजेपछि आत्मरक्षा र नियन्त्रणका लागि गोली चलाउनु परेको एसएसपी कोइरालाले बताउनुभयो।

“लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका लागि गोली चलाइएको हो, जसमा दुई जना घाइते भएका छन्,” उहाँले भन्नुभयो। घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको परिचय भने हालसम्म खुलाइएको छैन। प्रहरीले घटनास्थलबाट थप अनुसन्धान गरिरहेको जनाएको छ।