भारतको अहमदाबादमा भएकाे विमान दुर्घटनामा नेपाली यात्रु नरहेको पुष्टि
काठमाडौं, २९ जेठ। भारतको अहमदाबादमा दुर्घटनामा परेको एयर इण्डियाको विमानमा कुनै पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।
दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँगको समन्वयपछि विमानमा सवार २४२ यात्रुमा नेपाली कोही पनि नभएको जानकारी दिएको हो।
दुर्घटनाको खबरलगत्तै नेपाली नागरिक हुन सक्ने आशङ्कामा दूतावासले सक्रियता देखाएको थियो। दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार भारतीय पक्षले विमानमा सवार यात्रुहरूको सूची उपलब्ध गराउँदै त्यसमा नेपाली नागरिक नरहेको जानकारी दिएको हो।
प्राप्त सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरू थिए।
अहमदाबादबाट लण्डनका लागि उडेको एयर इण्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो।