धनगढीमा खेल्दाखेल्दै खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु

कैलाली, १८ असार । कैलालीको धनगढीमा एक ८ वर्षीय बालकको पानी जमेको खाल्डोमा खसेर ज्यान गएको छ।

धनगढी उपमहानगरपालिका-१२ स्थित सि गाउँमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुब्दा उनको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार मृतक स्थानीय राजु श्रेष्ठका छोरा सिद्धार्थ श्रेष्ठ हुन्।
घर नजिकै खेल्ने क्रममा उनी पानीले भरिएको खाल्डोमा खसेका थिए। डुबेर अचेत अवस्थामा फेला परेपछि उनलाई तत्कालै उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याउनुअघि नै उनको ज्यान गइसकेकाले अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *