सन्दीप लामिछाने विराटनगर किङसको मार्कीमा निरन्तर

काठमाडौँ, २१ असार । नेपाल प्रिमियर लिग (एनपिएल) टिम विराटनगर किङ्सले शनिबार लेग स्पीनर सन्दीप लामिछानेलाई मार्कीमा निरन्तरता दिएको छ ।

विराटनगर किङ्सले आफ्नो सामाजिक सञ्चालमार्फत् दोस्रो एनपिएलका लागि सन्दीप नै मार्की खेलाडीको रुपमा रहने जनाएको हो । विराटनगरले रिटेन हुने अन्य खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।