बाढीपहिरोको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक

काठमाडौँ, २४ असार। देशका विभिन्न भागमा अविरल वर्षा र बाढीले क्षति पुर्‍याएपछि गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाएको छ।

गृहमन्त्री रमेश लेखकको निर्देशनमा आज दिउँसो १ बजे मन्त्रालयमा बैठक बस्न लागेको हो।

बैठकको मुख्य एजेन्डा रसुवामा भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षति र नागरिक बेपत्ता भएको विषयमा केन्द्रित रहनेछ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज, राहत तथा पुनःस्थापनाका कार्यलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे बैठकमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ।