चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी, २६ असार । म्याग्दीको राहुघाट क्षेत्रका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारणमा जोड्न बनाइएको २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइनको परीक्षण सुरु गरिएको छ।

१३ किलोमिटर लामो यो प्रसारण लाइनले राहुघाट बेसिनमा निर्माणाधीन चार वटा जलविद्युत् आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा जोड्नेछ।

आयोजनाका प्रवर्द्धक तुँदी पावरका अनुसार, सबस्टेसन निर्माण सम्पन्न नहुँदासम्म अस्थायी रूपमा राहुघाटको स्वीचयार्डबाट दाना–खुर्कोट प्रसारण लाइनमार्फत विद्युत प्रवाह गरिनेछ।

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजना परीक्षणको चरणमा छन् भने अन्य दुई आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन्।

परीक्षण सुरु भएसँगै कम्पनीले सार्वजनिक सूचना जारी गरी प्रसारण लाइन र टावर नछुन तथा नदी किनारमा जाँदा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *