पन्ध्र तोलाभन्दा बढी सुनका गहना र नगद रु सात लाख बढी रकमसहित कोहलपुरबाट छ जना पक्राउ

नेपालगञ्ज, ३१ असार। बाँकेको कोहलपुरमा भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र रु सात लाख ८७ हजार नगदसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले होटेल न्यू कालीकोटेबाट छ जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १५ तोला २५ लाल सुनका गरगहना र सात लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालका अनुसार पक्राउ पर्नेमा कालीकोट निवासी ४२ वर्षीय मनबहादुर शाही, ४२ वर्षीय तेजबहादुर शाही, १८ वर्षीय पङ्कज केसी, ४५ वर्षीय प्रेमबहादुर खत्री, ३८ वर्षीया अनिता खत्री र २८ वर्षीया सरिता शाही रहेका छन्। उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *