मौद्रिक नीतिपछि बैंकहरूले घटाए ब्याजदर, कुन बैंककाे कति पुग्याे ?

काठमाडौँ, ३२ असार । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेसँगै वाणिज्य बैंकहरूले साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बजारमा तरलता (मुद्रा आपूर्ति) बढाउने केन्द्रीय बैंकको नीतिलाई पछ्याउँदै अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदरमा उल्लेख्य कटौती गरेका हुन्।
गभर्नर विश्वनाथ पौडेलले शुक्रबार ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरेका थिए।
साथै नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो।
बैंकहरुले यसरी भारी रुपमा ब्याजदर कटौती गरेको पहिलो पल्ट हो।
ब्याजदर घटाउने प्रमुख बैंकहरू (मुद्दती निक्षेपमा):
बैंक असारको ब्याजदर / साउनको नयाँ ब्याजदर
प्रभु बैंक ६.१०% ४.२५% (सबैभन्दा ठूलो कटौती)
राष्ट्रिय वाणिज्य बैंक ६.००% ५.५०%
एनआईसी एसिया बैंक ६.५५% ६.२५%
नबिल बैंक ५.७५% ५.५०%
लक्ष्मी सनराइज बैंक ५.७५% ५.५०%
कुमारी बैंक ५.७१% ५.४१%
कृषि विकास बैंक ५.४५% ५.४०%
नेपाल बैंक ५.४५% ५.४०%
प्राइम कमर्सियल बैंक ६.२५% ६.००%
सानिमा बैंक ६.३३% ६.१८%
नेपाल एसबीआई बैंक ५.५०% ५.३५%
इन्भेस्टमेन्ट मेगा बैंक ५.५०% ५.२५%
सिटिजन्स बैंक ५.६५% ५.५०%
ब्याजदर बढाउने बैंकहरू:
हिमालयन बैंक: असारको ५.५०% बाट बढाएर साउनमा ६.००% पुर्याएको छ।
स्टान्डर्ड चार्टर्ड बैंक: असारको ६.२५% बाट सामान्य बढाएर ६.२६% बनाएको छ।
ब्याजदर स्थिर राख्ने बैंकहरू:
ग्लोबल आईएमई बैंक: ६.००%
माछापुच्छ्रे बैंक: ६.००%
एनएमबी बैंक: ६.००%
सिद्धार्थ बैंक: ५.७५%
समग्रमा, पछिल्लो समयमा वाणिज्य बैंकहरूले गरेको यो सबैभन्दा ठूलो र व्यापक ब्याजदर कटौतीमध्ये एक हो, जसले कर्जाको ब्याजदर घटाउन र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।